२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता किर्गिस्तानमाथी नेपालको जित

काठमाडौं । नेपालले किर्गिस्तानलाई १–० ले हराउँदै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा जित हासिल गरेको छ । विमला चौधरीले १०औं मिनेटमा गरेको गोलले नेपाललाई अग्रता दिलाएको थियो । तर, फिनिसिङमा कमजोर प्रदर्शनले थप गोल हुन सकेन।

किर्गिस्तानले डिफेन्समा मजबुत प्रदर्शन गर्यो। यो संघर्षपूर्ण जित देख्दा नेपालले बाँकी खेलमा मिहिनेत गर्नुपर्ने चुनौती देखिएको छ । यो प्रतियोगिता नेपाल, म्यानमार, किर्गिस्तान र लेबनान सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस