२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

कुशल पत्रकारको अल्पायुमै निधन

चितवन । एक कुशल पत्रकार भूपराज पाठकको अल्पआयु मै निधन भएको छ । प्रेस चौतारी चितवनका सदस्य, पत्रकार महासंघ चितवनको कार्यसमितिका निवर्तमान सदस्य पाठकको रक्तक्यान्सर तथा क्षयरोगका कारणले अल्पायुमा दुखद निधन भएको हो ।

देशभरका पत्रकारहरुले यो शोकको घडीमा अत्यन्तै मर्माहत भएको स्ट्याटस लेखिरहेका छन् । असामयिक निधनले सबैलाई ठूलो क्षति पुगेको उल्लेख छ । मृतक प्रति जनबोली परिवार भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछ साथै परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस