२०८३ कार्तिक १२ गते बुधवार | 2026 October 28th Wednesday

प्रकृति लम्सालको शव ल्याएपछि राति नै गरियो अन्तिम संस्कार

८ फागुन, काठमाण्डौँ ।  भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ।

बुधबार साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानीय स्वर्गद्वारीघाटमा दाहसंस्कार गरिएको हो।

लम्सालको शवलाई केही समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी)मा राखिएको थियो। लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केही समय राखिएको थियो।

त्यसपछि मध्यराति नै अन्तिम सस्कार गरिएको हो। लम्सालको अन्तिम संस्कारमा भैरहवावासीको ठूलो संख्यामा सहभागिता रहेको थियो। केआइआइटीमा स्नातक अन्तिम बर्षमा अध्ययनरत भैरहवाकी २१ बर्षीय प्रकृति लम्सालको कलेजको छात्रावासमा शव फेला परेको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस