२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

वडाध्यक्षको निधनमा सार्वजनिक बिदा (विज्ञप्तिसहित)

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले वडा नम्बर ३ का अध्यक्ष सुखबीर नेम्वाङको निधनमा बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ। क्यान्सर रोगले पीडित ४६ वर्षीय नेम्वाङको बुधबार बिहान निधन भएको हो।

गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले शोक विज्ञप्ति जारी गर्दै गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य र शैक्षिक संस्थासहित बैंक र वित्तीय संस्थामा शोक बिदा दिने जानकारी दिनुभएको हो।

नेम्वाङलाई होनहार जनप्रतिनिधि, सामाजिक अभियन्ता र खेलाडीको रूपमा सम्मान गर्दै उहाँको योगदानलाई सदैव सम्झिने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेम्वाङ २०७४ र २०७९ मा फाल्गुनन्द ३ का वडाध्यक्षमा निर्वाचित भएका थिए र नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति समेत रहनुभएको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस