पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन्। पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन फुट्दा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रमुख आचार्य घाइते भएका थिए।
प्रमुख आचार्य बिहीबार अपराह्न अस्पतालबाट डिस्चार्ज भए, जबकि अर्थमन्त्री पौडेल तीन दिनअघि नै डिस्चार्ज भएका थिए।
फेसबुकमार्फत जानकारी दिँदै उनले उपचारमा संलग्न गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पताल, कीर्तिपुर अस्पतालका स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारलाई आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार

