२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

जिप र स्कुटर ठोक्किँदा एकको मृत्यु

"One killed and 12 injured in a bus accident in Sindhuli."

पोखरा महानगरपालिका–८ फिर्केस्थित सडकमा जिप र स्कुटर ठोक्किँदा स्कुटरमा सवार ५६ वर्षीया माया गुरुङको मृत्यु भएको छ।

गम्भीर घाइते गुरुङको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस