२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

भक्तपुरमा डरलाग्दो दुर्घटना : एकको मृत्यु, दुई घाइते (नामसहित)

"One killed and 12 injured in a bus accident in Sindhuli."

भक्तपुर। सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

भक्तपुर जिल्ला ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा रामेछाप सुनापाती–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते सूर्यविनायक–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। रामेछाप मन्थली–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ भने उपचारपछि घर फर्केका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस