२०८३ कार्तिक १२ गते बुधवार | 2026 October 28th Wednesday

कतारको सडक दुर्घटनामा चर्चित नेपाली युवा व्यवसायीको मृत्यु

काठमाडौं । गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा व्यवसाय गर्दै आएका युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कतारको हमाद हस्पिटले मृत्यु भएको हो ।

आचार्य गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सह–कोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष समेत रहेका थिए ।

४० वर्षीय आचार्यको सव सनैया स्थित हमाद हस्पिटलको मर्चरी सेन्टरमा राखिएको छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस