२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नेपाल–भारत सीमामा एसएसबीको ज्यादती : नेपाली युवाहरुले खुट्टा नै गुमाए

काठमाडौं । पछिल्ला दिनमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा प्रवेश गरी स्थानीय नागरिकहरूमाथि हिंसा गरिरहेको छ । एसएसबीको आक्रमणबाट सर्लाही जिल्लामा दुई जना नेपाली नागरिक गम्भीर घाइते भएका छन्।

भर्खरैको घटनामा, गोलु रायलाई भारतबाट घर फर्कदै गर्दा एसएसबीले आक्रमण गरेको थियो। उनको खुट्टा पूर्ण रूपमा भाँचिएपछि काट्नु परेको छ। यसअघि, राजीव पण्डितलाई आफ्नै खेतमा काम गर्दा एसएसबीले कुटेको थियो । जसले गर्दा उनकोपनि खुट्टा पनि भाँचिएको छ।

स्थानीयवासीहरूले एसएसबीको हिंसा र गालीगलौज बढेको बताउँदै आफ्नै खेतबारीमा जान डराउने अवस्था बनेको बताएका छन्। पीडित परिवारले नेपाली प्रहरीलाई जानकारी दिए पनि ठोस कारबाही नभएको गुनासो गरेका छन्। सरकारले तुरुन्त कूटनीतिक पहल गरी सीमा क्षेत्रमा सुरक्षा बढाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ। स्थानीयवासीहरूले यस विषयमा तत्काल कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस