२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

प्रेम सम्बन्ध विवादले नवलपरासीमा भयानक झडप: २० जना घाइते, प्रहरी गाडी गोदाम घर जलाइयो

नवलपरासी । प्रेम सम्बन्धको विवादबाट उत्पन्न झडपमा नवलपरासीको बेलासपुरमा २० जना घाइते भएका छन्। घटनाको आक्रोशमा स्थानीयले प्रहरीको गाडी जलाएका छन् भने एक गोदाममा आगजनी गरी ध्वस्त बनाइएको छ।

घटना पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुरमा मंगलबार भएको हो। केटा र केटी पक्षबीच प्रेम सम्बन्धलाई लिएर विवाद भएको हो। केटा पक्षले केटी पक्षका आफन्तको गोदाममा आगजनी गरेका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।

झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रण गर्न ५ राउण्ड अश्रु ग्याँस र ३ राउण्ड हवाई फायर गरेको छ। प्रहरीका ११ जना कर्मचारी र ४ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्। आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको गाडी जलाएका छन्।

घटनास्थलमा दमकल र एम्बुलेन्स पुग्न ढिला भएको आरोप लाग्दा प्रहरीले चालकहरूमाथि आक्रोश व्यक्त गरेका छन्। घटनास्थलको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ। चार महिलासहित ५ जनालाई पक्राउ गरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस