२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

विमानस्थलबाट ठूलो परिमाणको सुनसहित पक्राउ परेका चार विदेशी को हुन् ?

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेका छन्।

बुधबार राति फ्लाइ दुबईको उडानबाट काठमाडौं आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभलाई सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

उनले भने, ‘हिजो राति फ्लाइ दुबईको उडानबाट आएका तीन महिला र एक पुरुषलाई टर्मिनल गेटमा हाम्रो टोलीले जाँच गर्ने क्रममा सुनसहित फेला पारेपछि पक्राउ गरिएको हो।’

पक्राउ परेका सबै उज्बेकिस्तानका नागरिक रहेको र यो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक राठौरले जानकारी दिए।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस