२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

पिकअप दुर्घटना: २५ जना घाइते

इलामको माई नगरपालिका–१ मा बिहीबार दिउँसो भएको पिकअप दुर्घटनामा २५ जना घाइते भएका छन्। महमाईबाट दानाबारीतर्फ नेपाल मगर सङ्घको कार्यक्रममा आउँदै गरेको प्रदेश १–०२–००२ च. ४१९२ नम्बरको पिकअप दुर्घटनामा परेको हो।

घाइतेमध्ये २४ जनालाई माई अस्पतालमा प्राथमिक उपचारपछि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा थप उपचारका लागि पठाइएको स्थानीय विमल दाहालले बताए। एक जनाको माई अस्पतालमै उपचार भइरहेको छ। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस