२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

न्यूरोडमा आगलागी

पोखरा, न्यूरोडमा स्थित कम्प्युटर र प्रिन्टर मर्मत गर्ने पसलमा आगलागी भएको छ। कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माका अनुसार, आगलागीको कारण र क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन।

आगो निभाउन पोखरा महानगरपालिकाको दमकल, सुरक्षा निकाय र स्थानीयवासीहरूले संयुक्त रूपमा काम गरिरहेका छन्। प्रहरीले थप विवरण आउन बाँकी रहेको जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस