२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

काठमाडौं आउँदै गरेको गाडी दुर्घटनाग्रस्त

"One killed and 12 injured in a bus accident in Sindhuli."

झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटमा दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा नौ जना घाइते भएका छन्।

घाइतेमध्ये सात यात्रु र दुई चालक–सहचालक रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिएका छन्।

घाइते यात्रुहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलीखेल अस्पताल पठाइएको छ।

इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक एल्जिना राईका अनुसार, मधेश प्रदेश ०२–००१ ज ००६३ नम्बरको गाडी अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस