२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

विवाह तयारीमा दुःखद दुर्घटना, दुलहाको मृत्यु

बाँकेको राप्तीसोनारी ७ वसन्तपुरस्थित अर्जुन पासीको घरमा शुक्रबार साँझसम्म खुसीको माहोल थियो। विवाहको तयारी अन्तिम चरणमा पुगेको थियो, तर शनिबारका लागि जन्ती भारत जान तयारीमा रहेका पासीको घरको खुशी शोकमा परिणत भयो।

शुक्रबार राति करिब ७ बजेतिर अर्जुन पासीले चलाएको कालो पल्सर मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको ट्याक्टरले ठक्कर दिँदा पासी गम्भीर घाइते भए। प्रहरीको सहयोगमा उनलाई भेरी अस्पताल पुर्याइयो, जहाँ साढे आठ बजेतिर उनको मृत्यु भयो।

प्रहरीका अनुसार ट्याक्टर चालक फरार छ, जबकि ट्याक्टर मालिक सम्पर्कमा आएको छ र दुर्घटनाबारे अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस