२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

वनमा फेला परेका दुई शवको पहिचान खुल्यो

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा आइतबार बिहान दुई जनाको शव फेला परेको छ।

धनगढी उपमहानगरपालिका–१० का अन्दाजी ३२ वर्षीय देवल चौधरी र अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएका छन्, जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार, चौधरीको शव रुखमा झुण्डिएको अवस्थामा पाइन्छ भने, साइकलमा सामान बाँध्ने रबरले पासो लगाएर झुन्डिएको अवस्थामा देवल फेला परेका थिए।

त्यस्तै, चौधरी झुन्डिएको स्थानबाट करिब १५/२० मिटर टाढा रानाको शव भुइँमा पल्टिएको अवस्थामा भेटिएको छ। बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयले अस्थायी प्रहरी पोष्ट जुगेडालाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुगेको छ र अनुसन्धान जारी राखेको छ। घटनास्थल सिल गरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस