२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

भक्तपुरमा डरलाग्दो दुर्घटना, एकको मृत्यु, तीन घाइते

"One killed and 12 injured in a bus accident in Sindhuli."

भक्तपुर। भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाख छन्।

उनीलाई सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। जगातीबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भइन्।

उपचारका लागि सूर्यविनायक नगर अस्पतालमा लगिएको तर शनिबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकलकै ठक्करबाट तीन जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ।

मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस