२०८२ माघ ३० गते बिहिवार | 2026 February 12th Thursday

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने आरोपमा मेयर बालेनले दिए जबाफ

काठमाडौं । महानगरका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत (सीएओ) काठमाडौँमा टिक्दैन भन्ने आरोपमा प्रतिक्रिया दिएका छन्। यसअघि, नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मेयर शाहको ध्यान आकर्षित गर्दै काठमाडौँ महानगरमा कार्यकारी अधिकृत जान मान्दैनन् भन्ने आरोप लगाएका थिए।

मेयर शाहले भनेका छन् कि, भ्रम फैलाउन खोजिएको छ र उनले सरकारको भूमिका माथि प्रश्न उठाए। उनले आफ्नो कार्यकालमा ४ जना कार्यकारी हटाएको बताए । जसमा २ जनालाई भ्रष्टाचारको आरोपमा हटाइएको थियो। उनले सरकारको निर्णयप्रति पनि प्रश्न उठाउँदै भने, यदि भ्रष्टाचारमा संलग्न व्यक्ति हटाउनुपर्छ भने, कस्तो कारणले असल कार्यकारीलाई हटाउन नदिन्छ ?

शाहले सरकारको कार्यशैलीलाई लज्जास्पद र गैरजिम्मेवार भनेका छन् र यो उदाहरणको रूपमा नवलपरासीको सामूहिक झडपलाई प्रस्तुत गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भने काठमाडौं महानगरले छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि मात्र प्रमुख प्रशासकीय अधिकृत पठाइने जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस