२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

अबैध १० टन लसुन समातियो, चालकलाई कारबाहि हुने

२१ फागुन, काठमाण्डौँ । सर्लाहीमा प्रहरीले १७ लाख १७ हजार ६ सय बराबरको लसुनसहित ट्रक नियन्त्रणमा लिएको छ ।
सोमबार बागमती नगरपालिका वडा नं ११ स्थित धनुषाबाट पोखरातर्फ जादै गरेको बा प्र ०३–००१ ख ०९९४ नं।को ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लोड भएको १० टन लसुनको बिल भरपाई शंकास्पद रहेकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ट्रक र लसुन आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा बुझाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस