२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मकवानपुरको मनहरिमा सालनालसहित नवजात शिशुको शव फेला

२१ फागुन, हेटौँडा । पश्चिम मकवानपुरको मनहरिमा मङ्गलवार साँझ एक नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका–७ डम्पिङसाईटमा नवजात शिशु छोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको नेतृत्वमा पुगेको प्रहरी टोलीले शव को कसले फालेको हो भन्ने खोजी गरिरहेको छ । प्रहरीका अनुसार अन्दाजी एक दुई दिन अगाडि जन्माएर फालेको हुनसक्ने अनुमान गरिएको छ ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । गत वर्ष चैतमा पनि मनहरी–७ रमौली बांगेटोल स्थित मनहरी खोलाको छेउमा सालनालसहित नवजात शिशुको शव फेला परेको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस