२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

गम्भीर मुद्दाका फरार अभियुक्त अनामनगरबाट पक्राउ

www.janaboli.com;

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कञ्चनपुर बेदकोट नगरपालिका-१ का ३४ वर्षीय उद्धव बोहरा सोमबार काठमाडौंबाट पक्राउ परेका छन्।

बेदकोट-१ हात्तीथलामा २०८० कात्तिक २८ गते हर्क बहादुर खडायतलाई उद्धव बोहरा लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका खडायतको २०८० पुस १० गते उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि फरार रहेका उद्धवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२९ अनामनगरबाट पक्राउ गरेको हो।

प्रहरीले उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस