मकवानपुर। मनहरी गाउँपालिका-७ स्थित डम्पिङ साइटमा मंगलबार साँझ सालनालसहितको नवजात शिशुको शव फेला परेको छ।
प्रहरी निरीक्षक विशाल सापकोटाका अनुसार शव जेब्रा झोलाभित्र कपडाले बेरिएको अवस्थामा भेटिएको थियो। रक्ताम्य अवस्थामा फेला परेको शिशुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।
उक्त शव नवजात छोरीको रहेको र केही दिनअघि जन्माएर फालिएको आशंका गरिएको छ। नवजात शिशुलाई कसले फाल्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार

