२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

‘मलाई शुन्य अंक दिएपनि कुनै गुनासो छैन’ : कुलमान घिसिङ

२१ फागुन, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले कार्यसम्पादनमा मूल्याङ्कनमा शून्य दिएको कुराले कुनै अर्थ नराख्ने टिप्पणी गरेका छन् ।

बुधबार नेपाल विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै कुलमानले आफूलाई सय वा शून्य अंकले केही फरक नपार्ने बताएका हुन् ।

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुधबार तनहुँमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस