२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नक्कली फेसबुक आइडी बनाएर आफन्तलाई गलत म्यासेज पठाउने व्यक्ति पक्राउ

Maoist leader arrested on charges of raping 17-year-old girl

काठमाडौं । नक्कली फेसबुक आइडी बनाई आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा २७ वर्षीय नारायणदत्त खकुराललाई प्रहरीले पक्राउ गरेको छ। उनी धादिङ ज्वालामूखी गाउँपालिका-७ का हुन् र हाल काठमाडौं तार्केश्वर नगरपालिका-५ लोलाङ हाईटमा बस्छन्।

खकुरालले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नाममा नक्कली फेसबुक आइडी बनाई, उनीहरूको आफन्तसँग ठगी गर्ने काम गर्थे। उनले आफु र साथीलाई बिरामी भई अस्पताल भर्ना भएको र रकमको आवश्यकता परेको भन्दै आफन्तलाई विश्वास दिलाएर पसलका क्युआर कोडमार्फत रकम पठाउन लगाएका थिए।

पसलहरूबाट रकम लिई ठगी गर्ने कार्यमा संलग्न खकुराललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस