२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

प्रदीप पौडेलको मन्त्रालयमा लफडा : सहसचिवले लगाइन् मन्त्रीमाथि गम्भीर आरोप

काठमाडौं । स्वास्थ्य मन्त्रालयमा सहसचिव डा. सङ्गीता कौशल मिश्रले स्वास्थ्य सचिवको बढुवा नपाएको भन्दै आफूभन्दा जुनियरमा रहेर काम गर्न नसक्ने बताएकी छन्। उनले स्वास्थ्य सचिवमा बढुवा नपाउने कारण मन्त्री प्रदीप पौडेलको अन्यायपूर्ण व्यवहारलाई आरोप लगाइन्।

डा. मिश्रका अनुसार, पौडेलले उनलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट हटाएर डा. विकास देवकोटालाई ल्याए। उनीकाअनुसार, मन्त्रीले १५ वटा समितिहरू गठन गर्दा कुनैमा पनि उनलाई समावेश नगरेको गुनासो छ।

बुधबार मन्त्रिपरिषद्को बैठकले डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्ति गरेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस