२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

मन्त्रिपरिषद् बैठक केहीबेरमा, के छन् आजका एजेन्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। पछिल्लो समय शिक्षासम्बन्धी विभिन्न माग उठिरहेका छन्, जसले सरकारलाई दबाबमा पारेको छ। सम्भवतः मन्त्रिपरिषद् बैठकमा ती मागहरूलाई सम्बोधन गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसैबीच, प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार दुवै नेताबीचको भेट नियमित भेटघाटकै सिलसिलामा भएको हो।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस