२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

दुई घण्टा ढिलो गरी सुरु भएको मन्त्रिपरिषद् बैठकमा यी हुन छलफलका एजेन्डा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ६ बजेका लागि बोलाउनुभएको मन्त्रिपरिषद् बैठक दुई घण्टा ढिलो गरी सुरु भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ ८ बजेतिर सुरु भएको बैठकमा शिक्षक आन्दोलनको समाधान, राष्ट्र बैंकको गर्भनर नियुक्ति लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जनाएका छन्।

बैठकअघि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। सो भेटवार्तामा पनि केही समसामयिक विषयमा सहमति खोजिएको बताइएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस