२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

यी हुन् मन्त्रिपरिषद् बैठकका २० महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका २० महत्वपूर्ण निर्णयहरू बुधबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुभएको हो ।

सरकारले संघीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने प्रयोजनका लागि अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । सोही सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संसद् अधिवेशन आह्वान गरिसक्नुभएको छ ।

बैठकले उक्त विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । राजधानीमा दुई सातादेखि आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न पनि यो कदम चालिएको हो ।

बैठकबाट निर्णय भएका अन्य विषयहरूमा प्रशासनिक सरुवा, पदपूर्ति, बजेट कार्यान्वयन, कानुनी संशोधन, राष्ट्रिय योजना तथा नीति समन्वयलगायत छन् । विस्तृत सूचीमा मन्त्री परिषद्का २० निर्णय समेटिएका छन्, जुन विभिन्न मन्त्रालयसँग सम्बन्धित छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस