२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

दुबईबाट फर्किएका सञ्जयमाथि विमानस्थलमा दुर्व्यवहार, प्रहरीले गर्‍यो ठूलो कारबाही

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार गरिएको घटनामा प्रहरीले छानबिन थालिसकेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले घटनामा संलग्न तीन प्रहरीमाथि छानबिन भइरहेको जानकारी दिनुभयो।

मोरङका सञ्जय ओझा दुबईबाट काठमाडौँ फर्कंदा ३१ चैतमा विमानस्थलमा तीन प्रहरीको दुर्व्यवहारको शिकार भए। उक्त घटना सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो।

तामाङले भने, “विमानस्थलका प्रहरीलाई हटाएर छानबिन सुरु गरेका छौँ।” ओझाले भन्सार जाँच पास गरेपछि ट्रली बाहिर ल्याउने विषयमा कर्मचारीसँग विवाद गरेका थिए। सामाजिक सञ्जालमा प्रहरीको व्यवहारको आलोचना भइरहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस