२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

बंगलादेशको कडा निर्णय: नेपालसहित तीन देशबाट हुने आयातमा रोक

Who is Muhammad Yunus, the Nobel laureate leader of Bangladesh’s interim government

काठमाडौं । बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यू (एनबीआर) ले नेपालसहित भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा रोक लगाउने निर्णय गरेको छ। आइतबार राजपत्रमा प्रकाशित सूचनाअनुसार धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको कागज, विभिन्न प्रकारको कागज, पेपरबोर्डलगायत सामग्रीको आयातमा रोक लगाइएको बंगला ट्रिब्युयनमा उल्लेख छ।

यो निर्देशन एनबीआरको भन्सार शाखाले जारी गरेको हो। सूचनाअनुसार नेपाल र भुटानमा उत्पादन र प्रशोधन गरिएका धागो र आलुबाहेक अन्य सामग्रीलाई भने आयातको अनुमति दिइनेछ।

भारतबाट भने डुप्लेक्स बोर्ड, न्युजप्रिन्ट, क्राफ्ट पेपर, सिगरेट पेपर, माछा, धागो, आलु, दूध पाउडर, सुर्ती, रेडियो र टिभीको पार्टपुर्जा, साइकल र मोटरका पार्टपुर्जा, फोरमाइका सिट, सेरामिक, सेनिटरी सामग्री, स्टेनलेस सामान, मार्बल स्ल्याब, टाइल्स र मिश्रित कपडा आयातमा रोक लगाइएको छ।

भ्याटमा दर्ता भएका बिडी उत्पादक उद्योगलाई भने सुर्तीको पत्ता आयात गर्न दिइने उल्लेख छ। यो प्रतिबन्ध तत्काल लागू भएको छ। भन्सार स्रोतका अनुसार यो निर्णय स्थानीय उद्योगको संरक्षण र अवैध पुनःनिर्यात रोक्नका लागि गरिएको हो।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस