काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार सप्तरीको राजविराजबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पुष्टि गरेका छन्। खतिवडाका अनुसार यादवविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएकाले उनलाई समातिएको हो।
‘राजविराजबाट पक्राउ परेका हौं, उहाँविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी आएको रहेछ, अब उतै पठाउँछौं’, एसपी खतिवडाले भने।
प्रहरी स्रोतका अनुसार यादवविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ। अदालतबाट पक्राउ पुर्जी जारी भइसकेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार

