२०८२ फाल्गुन ३० गते शनिवार | 2026 March 14th Saturday

अध्यक्ष लिङ्देनसँगको लन्च भेटमा तीनकुने घटनामा पूर्वराजाले के भने?

काठमाडौँ । राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहसँगको भेटको विषयमा प्रतिक्रिया दिएका छन्। पार्टीका नेताहरुले शुक्रबार ५ वैशाखमा निर्मल निवासमा भेट गरेका थिए, जसमा राजनीतिक कुरा समेत गरिएका थिए।

लिङ्देनले भने, “यो कुनै विशेष भेट नभएर नियमित भेटको अंश हो, तर स्वाभाविक रूपले राजनीतिक विषयमा कुराकानी भयो।” पूर्वराजाले १५ चैतको हिंसात्मक घटनाबारे गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

राप्रपाले सडक प्रदर्शन जारी राख्दै, जनतालाई सत्ताको नीतिविरुद्ध सचेत गराउने कुरा जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस