काठमाडौँ । शिक्षक आन्दोलन चर्किंदै गएको बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।
सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन लगायतका माग राखेर देशभर प्रदर्शन गरिरहेकै बेला मन्त्रीको राजीनामा आएको हो। आन्दोलन व्यवस्थापनको तरिकालाई लिएर प्रधानमन्त्री ओली र मन्त्री भट्टराईबीच असमझदारी रहेको बताइएको छ।
प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार

