२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

मन्त्रिपरिषद् बैठक सुरु : शिक्षामन्त्रीको राजीनामाले प्रधानमन्त्रीलाई तनाव

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएको केही समयपछि सुरु भएको हो।

शिक्षक आन्दोलन २० दिनदेखि जारी रहँदा सरकारले शिक्षक महासंघसँग बारम्बार संवाद गरे पनि सहमति जुट्न सकेको छैन। यही दबाबबीच मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन्।

सरकारले संसद अधिवेशनमार्फत शिक्षा विधेयक पारित गर्ने तयारी गरिरहेको छ भने शिक्षकहरूले विधेयक यथाशीघ्र ल्याउन माग गर्दै आन्दोलन जारी राखेका छन्।

प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गर्दै वार्ताबाट समस्या समाधान गर्ने बताइरहे पनि राजीनामाले सरकारभित्र असमझदारी बढेको संकेत दिएको छ।

बैठकबाट शिक्षक आन्दोलन र शिक्षा विधेयकबारे ठोस निर्णय आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस