२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

बाबुआमाले होस गुमाउँदा चारमहिने शिशुको मृत्यु

www.janaboli.com;

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व), बौदीकाली गाउँपालिका–१ अर्मलेमा चार महिनाको शिशुको ज्यान गएको छ। मादक पदार्थ सेवन गरेका बाबुआमाको लापरवाहीका कारण शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय २१ वर्षीय दीपेन्द्र परियार र उनकी ३५ वर्षीया पत्नी कमला परियारले राति मदिरा सेवन गरेपछि चार महिनाको छोरालाई लछारपछार गरेका थिए। गम्भीर घाइते बनेको शिशुलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएको थियो। तर उपचारको क्रममा शिशुको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (प्रनाउ) मधु नेपालले जानकारी दिए।

घटनापछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा शिशु घाइते अवस्थामा घरको बरन्डामा फेला परेको र त्यसपछि उपचारका लागि लैजाँदा ज्यान गएको खुलिएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दा सुकबहादुर नेपालीका अनुसार कमला परियार दीपेन्द्रसँग दोस्रो विवाह गरेर आएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस