२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

११ गतेदेखि सुरु गर्ने भनिएको कक्षा १२ को परीक्षामा नयाँ ट्विस्ट

काठमाडौं । कक्षा १२ को परीक्षा ११ वैशाखमै गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकी शिक्षकहरूलाई विद्यालय फर्कन फाइनल अपिल गर्ने जनाएको छ।

मंगलबार बसेको बोर्ड बैठकले शिक्षक सहभागी नभए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षकहरू रुष्ट बनेका छन्।

बोर्डले परीक्षा गर्ने निर्णय गरिसके पनि फाइनल अपिल बेलुकासम्म आउने बताएको हो। ‘परीक्षा संवेदनशील विषय हो। शिक्षामन्त्रीज्यूले पनि राजीनामा दिनुभयो। त्यसैले बिहान शिक्षकलाई अनुरोध गर्ने निर्णय गरेका थियौं। तर अब सरकारसँग सल्लाह गर्नुपर्ने भएकाले छलफलमा छौं,’ बोर्ड अध्यक्ष महाश्रम शर्माले भने, ‘बेलुकासम्म अर्को फाइनल निर्णयसहितको अपिल आउँछ।’

बोर्डले अरु संयन्त्र प्रयोग गरेर परीक्षा गरे पनि उत्तरपुस्तिका परीक्षण नगर्ने महासंघको चेतावनीपछि अपिल ल्याउने तयारी भएको हो।

परीक्षा सुरु हुन अब दुई दिन बाँकी छ। तर विद्यार्थी र अभिभावक अन्योलमा छन्। यसपटक ५ लाख ११ हजार विद्यार्थीले परीक्षा दिने तयारी गरेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस