२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

प्रधानमन्त्रीको निर्देशनमा कक्षा १२ को परीक्षा स्थगित

Class 12 exam results published, how to see the results ?

काठमाडौं । वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा सार्ने निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रधानमन्त्रीको निर्देशनअनुसार परीक्षा स्थगन गरिएको जानकारी दिनुभयो।

शिक्षक आन्दोलनका कारण परीक्षा अन्योलमा थियो। शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हडताल जारी राख्ने अडानमा रहेका आन्दोलनरत शिक्षकहरुले परीक्षा सञ्चालनमा सहयोग नपुर्‍याउने बताएका थिए।

परीक्षा हुने नहुने स्पष्ट नहुँदा साढे ५ लाख विद्यार्थी मानसिक तनावमा थिए। परीक्षा कहिले हुने भन्नेबारे परीक्षा बोर्डले चाँडै नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस