२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

(UPDATE) डोटी मिनी ट्रक दुर्घटना : मृत्यु भएका सबैको सनाखत !

"One killed and 12 injured in a bus accident in Sindhuli."

१० बैशाख, काठमाडौँ । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा चालक बझाङको बुङ्गल नगरपालिका–२ दहबगरका अर्जुन धामी, उज्वल जाग्री र जगत धामी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडर, डोटीले जनाएको छ ।

धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

 

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस