काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गर्दै जम्मु कश्मीरको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले पहलगाममा भएको जघन्य हमलामा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्दै नेपाल यस्ता आतंककारी घटनाविरुद्ध भारतसँग सधैं ऐक्यबद्ध रहेको बताए।
‘मैले उहाँसँग कुरा गरें र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरें,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्याएँ।’
प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार

