काठमाडौं । ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पले टर्कीको प्रमुख सहर इस्तानबुललाई काँपाएको छ। करिब १ करोड ६० लाख जनसंख्या रहेको सहरमा हालका वर्षहरूमा महसुस गरिएको यो सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक हो।
भूकम्पको झट्कापछि मानिसहरू आत्तिँदै घरबाट बाहिर निस्किएका थिए। टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ८० किलोमिटर पश्चिमतर्फ पर्ने सिलिभ्री क्षेत्रमा थियो।
भूकम्पको यसको गहिराइ ६.९२ किलोमिटर थियो। जर्मन जियोसाइन्स अनुसन्धान केन्द्रले भने भूकम्पको गहिराइ १० किलोमिटर भएको जनाएको छ।
हालसम्म क्षतिको ठोस विवरण आइसकेको छैन, तर सार्वजनिक बिदाको समय भएकाले धेरैजना घरमै थिए। एक व्यक्तिले भूकम्पको समयमा झ्यालबाट हाम फाल्दा घाइते भएछ।
पुनः झट्का आउन सक्ने भन्दै नागरिकलाई क्षतिग्रस्त संरचनाभित्र नजान चेतावनी दिएको छ।

