काठमाडौं । काठमाडौंको ढुंगेअड्डास्थित एक बसमा विद्युत् सर्ट भएर आगलागी भएको छ।
स्थानीयका अनुसार आगोले बसको केही भाग क्षतिग्रस्त बनाएको थियो। तर समयमै दमकल टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। अहिले घटनाको थप विवरण संकलन भइरहेको छ।
प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार

