काठमाडौं । कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरका ४८ वर्षीय श्याम कुमार गुप्ता सुतेकै अवस्थामा मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्लेका अनुसार बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत भेटिएका थिए ।
घटना शंकास्पद देखिएपछि उनकी श्रीमती गुञ्जा गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार गुप्ता अत्यधिक मदिरा सेवन गर्ने गर्थे भने स्थानीयले उनकी श्रीमती मानसिक रोगी भएको र उनले हत्या गर्न सक्ने आशंका व्यक्त गरेका छन् । प्रहरीले अत्यधिक मदिरा सेवन वा श्रीमतीको संलग्नता दुवै कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार

