काठमाडौँ । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई आदेश दिएको छ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासबाट जारी आदेशमा शिक्षकका जायज र संविधानसम्मत माग सम्बोधन गरी तीन दिनभित्र नियमित पठनपाठन सुनिश्चित गर्न भनिएको छ।
अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले सरकार र सरोकारवाला निकायहरूलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको मागसहित शिक्षकहरू काठमाडौंमा आन्दोलनमा छन्। सरकारले वार्ता प्रयास गरे पनि सहमति जुट्न सकेको छैन।




प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार

