२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

१२ डिआइजीको सरुवा (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका १२ जना डिआइजीको सरुवा गरिएको छ।

गढीमाई बाहिनी मकवानपुरका गणेश ठाडामगर कार्य विभागमा गएका छन् भने त्यहाँका पुरुषोत्तम थापा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय पठाइएका छन्।

मुक्तिनाथ बाहिनी कास्कीका कुलबहादुर नेम्वाङ मानव स्रोत विभागमा सरुवा भएका छन्। त्यहाँका दीपेन्द्र शाह नेम्वाङको ठाउँमा गएका छन्।

बराह बाहिनी सुनसरीका शम्भु सुवेदी स्टाफ कलेज काठमाडौँ, अञ्जनीकुमार पोखरेल गढीमाई बाहिनी गएका छन्।

छिन्नमस्ता बाहिनी महोत्तरीका कालिदास धौबजी प्रहरी महानिरीक्षकको सचिवालयमा, सचिवालयका कुमार न्यौपाने बराह बाहिनी सुनसरीमा गएका छन्।

बिन्ध्याबासिनी रुपन्देहीका प्रदीप कुमार पाल वैद्यनाथ बाहिनी कैलालीमा र दीपक अधिकारी मानव स्रोत विभागमा सरुवा भएका छन्।

सुरक्षा परिषद्का कृष्ण ढकाल छिन्नमस्ता बाहिनीमा र दीपेन्द्र कुँवर बिन्ध्याबासिनी बाहिनी रुपन्देहीमा गएका छन्।

 

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस