२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

शिक्षक आन्दोलनमा प्रहरीसँग झडप, ६३ जना घाइते

काठमाडौँ । आइतबार नयाँ बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीबीच झडप हुँदा ६३ जना घाइते भएका छन्। घाइतेहरूको ट्रमा सेन्टर, सिभिल र एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीका अनुसार केही घाइतेको अवस्था गम्भीर छ। उनले ऐन माग्न आएका शिक्षकमाथि प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेको बताए।

आन्दोलनको २६ औं दिनमा शिक्षकहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो। त्यसपछि शिक्षकहरूले पनि ढुंगा प्रहार गरेका थिए।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस