काठमाडौं। जिल्ला अदालत, काठमाडौंले राप्रपा नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा मिश्र, प्रसाईं र अन्य २४ जनालाई हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। प्रहरीले २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागे पनि अदालतले ३ दिनको म्याद थप गर्ने निर्णय गरेको थियो।
मिश्रले अश्रुग्यासले गर्दा आफू आवेगमा आएको बताउँदै ढुंगामुढा वा तोडफोडको संलग्नता अस्वीकार गरेका छन्। स्वास्थ्य कारण देखाउँदै मिश्र र प्रसाईंले हाजिर जमानतको माग गरेका थिए।
प्रसाईंलाई कर्तव्य ज्यानसहित विभिन्न आरोपमा मुद्दा चलाइएको छ भने मिश्रलाई राजद्रोह र संगठित अपराधको आरोप छ।
प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार

