२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

आन्दोलनरत शिक्षकलाई महानगरले भन्यो : भोलिदेखि विद्यालय सञ्चालन गर्नुस् (विज्ञप्तिसहित)

काठमाडौँ। ललितपुर महानगरपालिकाले भोलि (वैशाख १६ गते) देखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ। महानगर प्रवक्ता राजु महर्जनले एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा नियमित पठनपाठन, विद्यार्थी भर्ना र अन्य शैक्षिक क्रियाकलाप पुनः शुरु गर्न अनुरोध गरेका छन्।

महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को कार्य पात्रो प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको थियो। तर, उक्त कार्य पात्रो अनुसार विद्यार्थी भर्ना र अन्य शैक्षिक क्रियाकलापहरू अहिलेसम्म सञ्चालनमा आउन नसकेको भन्दै महानगरले गम्भीर ध्यानाकर्षण गराएको छ।

सर्वोच्च अदालतको आदेश अनुसार, देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठनको अधिकारबाट वञ्चित नगर्न आग्रह गरिएको थियो।

यसैबीच, विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा कर्मचारीहरूले २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका छन्। उनीहरूले ऐन जारी नभएसम्म कुनै शैक्षिक क्रियाकलापमा सहभागी नहुने प्रस्ट पार्दै आएका छन्।

lalitpur

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस