२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

विराटचोकबाट जाँदै गरेको टिपरमा जब आगो लाग्यो…

काठमाडौं । विराटनगर, २०८२ वैशाख १५ – विराटनगर महानगरपालिका-१९, मिलन चोकमा सोमबार दिउँसो एक टिपरमा आगो लागेको छ। प्रदेश १-०२-००१ ख ८५३१ नम्बरको उक्त टिपरमा आगो लाग्दा चालक सकुशल रहेका छन्।

प्रहरीका अनुसार, आगलागी साढे २ बजेतिर भएको हो। टिपर सुनसरीको बर्जुतर्फ बालुवा लिएर विराटचोकबाट जाँदै गरेको थियो। यसलाई सुनसरीको इनरुवा नगरपालिका-३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए।

आगलागीको कारण खुल्न नसकेको भए पनि, प्रहरीको अनुमान अनुसार तार सर्ट भएर आगो लागेको हुनसक्ने बताइएको छ। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान जारी राखेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस