२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

अस्पतालको तेस्रो तलाबाट हाम फालेका मिर्गौला पीडित बिरामीको मृत्यु

काठमाडौं । सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हाम फाल्दा ज्यान गुमाएका छन्। कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन्।

अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि अचानक हाम फालेका थिए। उनलाई तत्काल आकस्मिक कक्षमा पुर्‍याइएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए।

सिंह लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित थिए र डायलाइसिस गराउँदै आएका थिए। सोमबार पनि डायलाइसिस गर्न आएका उनलाई चिकित्सकले स्वास्थ्य अवस्था हेरी भर्ना गरेका थिए। श्रीमती ईश्वरीदेवी कुरुवाका रूपमा अस्पतालमै थिइन्। अस्पतालका अनुसार ‘एकछिन बाहिर जान्छु’ भन्दै निस्किएका सिंहले केहीबेरमै तेस्रो तलाबाट हाम फालेका थिए।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस