२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदै

काठमाडौं । संघीय संसद्को संयुक्त बैठक आज दिउँसो ३ बजे बस्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संसद् बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ। सभामुख देवराज घिमिरेले सांसदहरूलाई २:४५ भित्र निर्धारित पोशाकमा उपस्थित हुन आग्रह गरेका छन्।

सत्ता साझेदार दलहरूबीच भएको छलफल अनुसार नीति तथा कार्यक्रमले युवामा आशा जगाउने, उद्यमशीलता, स्टार्टअप, सीप विकास, खर्च वृद्धि र सुशासनमा जोड दिनेछ।

संघीय संसद्ले वैशाख २२ देखि २८ गतेभित्र नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्नेछ। त्यसपछि वैशाख ३० गते विनियोजन विधेयकमाथि छलफल हुनेछ। जेठ १५ गते बजेट संसद्मा पेश हुने छ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस